काठमाडौं, साउन १ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । Read More…
कला
आज २०७औँ भानुजयन्ती
काठमाडौ, असार २९ । आदिकवि भानुभक्त आचार्यको आज २०७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकिकरण गरेको बताइन्छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश Read More…
वेभ ब्याण्डको ‘आजकल मेरो देश बिसन्चो छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
युवराज आचार्यझापा, असार ६ । चर्चित ब्याण्ड वेभ ब्याण्डले ‘आजकल मेरो देश बिसन्चो छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । ब्याण्डले आफ्नो युवट्युव च्यानल मार्फत आफ्नो दोस्रो नँया म्यूजिक भिडियो सार्वजनिक गरेको हो । ब्याण्डले यसअघि लकडाउनकै बिच बाच्न चाहन्न बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको थियो । आजकल मेरो देश बिसन्चो छ बोलको गीतमा Read More…
मुख्यमन्त्री राईद्धार गणतन्त्र दिवसको शुभकामना
विराटनगर, जेठ १५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै Read More…
वेभ ब्याण्डको ‘बाच्न चाहन्न’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
युवराज आचार्यझापा, जेठ १४ । चर्चित ब्याण्ड वेभ ब्याण्डले बाच्न चाहन्न बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । लकडाउनकै बिच ब्याण्डले आफ्नो युवट्युव च्यानल मार्फत आफ्नो नँया म्यूजिक भिडियो सार्वजनिक गरेको छ । बाच्न चाहन्न बोलको गीतमा गायक अर्जून दाहालको स्वर रहेको छ । संगीत पनि दाहालले नै भरेका छन् । गितारमा अनिल रसाइली र Read More…
किराँत धर्म संरक्षक तुम्बापोको ७७ बर्षको उमेरमा निधन
इलाम, बैशाख २३ । विश्व किरात महासंघ नेपाल र किरात धर्मका संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको सोमबार निधन भएको छ । दुई बर्ष अघि पक्षघात भई थलिएका उनको हिजो साँझ ८ वजे इलामको चुलाचुली १, कमल स्थित आफनै निवासमा निधन भएको हो । झापाको विर्तामोडमा अवस्थित विर्तासिटी अस्पतालमा उनको उपचार भइरहेको थियो । तुम्बापोको Read More…
‘रामायण’ले तोड्यो ‘गेम अफ थ्रोन्स’को रेकर्ड
भारत, बैशाख २२ । विश्वमा सबैभन्दा बढी हेरिएको टेलिभिजन सो गेम अफ थ्रोनको रेकर्ड ‘रामायण’ले तोडेको छ । ‘गेम अफ थ्रोन्स’को रेकर्डउछिन्दै रामायण सबैभन्दा बढी हेरिएको टेलिभिजन सो बन्न पुगेको छ।विश्वव्यापी रूपमा भइरहेको लकडाउन भारतमा पनि लागू छ। लकडाउनको यो समयमा दूरदर्शनले आफ्नो एकदमै चर्चित सो ‘रामायण’ २८ मार्चदेखि पुनः प्रसारण गरेको हो। कार्यक्रमको नयाँ Read More…
रहेनन् बलिउड अभिनेता इरफान खान
काठमाडौं, बैशाख १७ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। न्युरोएन्डोक्राइन ट्युमरबाट पिडित उनको ५४ बर्षको उमेरमा बुधबार (आज) बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको Read More…
आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन
युवराज आचार्यझापा, बैशाख ११ । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ। आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । जीवित आमालाई Read More…
नयाँ वर्ष २०७७ शुरू, घरमै बसेर मनाइँदै
काठमाडौं, बैशाख १ । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँछन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता Read More…










