कला भिडियाे

वेभ ब्याण्डको ‘आजकल मेरो देश बिसन्चो छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

युवराज आचार्य
झापा, असार ६ ।
चर्चित ब्याण्ड वेभ ब्याण्डले ‘आजकल मेरो देश बिसन्चो छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । ब्याण्डले आफ्नो युवट्युव च्यानल मार्फत आफ्नो दोस्रो नँया म्यूजिक भिडियो सार्वजनिक गरेको हो । ब्याण्डले यसअघि लकडाउनकै बिच बाच्न चाहन्न बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको थियो ।

आजकल मेरो देश बिसन्चो छ बोलको गीतमा गायक अर्जून दाहालको स्वर रहेको छ । शब्द तथा संगीत नेपाली संगीत क्षेत्रका चर्चित गायक तथा संगीतकार पुष्पन प्रधानको रहेको छ । गितारमा अनिल रसाइली र श्रृजन राजवंशी, बेस गितारमा सन्तोष श्रेष्ठ, ड्रम्समा सुवास श्रेष्ठ र किबोर्डमा धुर्व आचार्य रहेका छन् ।

मुकुन्द भट्टराईले खिचेको भिडियो सम्पादन झापाको मेचीनगर–६ मा रहेको ओएसिस स्टुडियोले गरेको थियो । भिडियोमा ब्याण्डको सदस्यहरुको नै अभिनय रहेको छ ।

सार्वजनिक भएको गीतको म्यूजिक भिडियोले छोटो समयमा नै दर्शकको मन जित्दै भरपुर साथ पाइरहेको छ । छोटो समयमा धेरे दर्शकले सो भिडियो हेरी सकेका छन् ।

वि.स २०६० सालमा स्थापना भएको वेभ ब्याण्ड अहिले नेपाल संगै छिमेकी राष्ट्र भारत, भुटानलगायतको देशमा पनि लोकप्रिय छ । देश तथा विदेशको सांगेतीक कार्यक्रम, महोत्सव, कन्र्सटलगायतका कार्यक्रममा ब्यस्त रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published.