इलाम, असार ५ । शहिद धिरेन माङ्तोक मार्गको काम शुरू भएको छ । निर्माणधिन बाटोको शुक्रबार वडा अध्यक्ष पुर्ण लावतीले अनुगमनमा गरेका छन्। बाटोको सम्पुर्ण कार्य तोकिएकै समयमा कालोपत्रको काम सम्पन्न हुने माङ्सुवा निर्माण कम्पनी, दमकका ठेकेदार मोहन अधिकारीले बताउनुभयो ।

बाटोको निर्माण कार्य सम्पन्न गर्न सबै सरोकारवाला व्यक्तिहरूको सकारात्मक साथ, सहयोग र आवश्यक सुझाबहरूको अपेक्षा राखेको निर्माण समितिका सचिव त्रिलोचन गौतमले बताउनुभयो ।
झापा, कमल गाँउपालिका, सानोकेर्खा हुँदै चुलाचुली गाउँपालिका एक नम्वर वडा कमल गाउँ जोड्ने ूसहिद धिरेन माङ्तोक मार्ग कालोपत्रेको काम दमक झापा स्थित माङ्सुवा वर्ड ट्रेड जेभी कम्पनी ले आउँदो मंसिर सम्म सक्ने गरी काम सुरु गरेको पनि सचिव गौतमले बताउनुभयो ।

४७०० मिटर लम्वाई रहेको सडक खण्डमा ५।५ मिटर चौडा फराकिलो बाटो कालोपत्रे हुनेछ भने ९ मिटरका ६ ओटा कल्भर्ट र ३ ठाउमा हुम्पाइपको कल्भर्टहरू निर्माण हुने निर्माण समितिले जनाएको छ ।
एक नम्वर प्रदेश सरकार अन्तर्गत भौतिक पुर्वाधार विकास योजना कार्यालय, झापा मार्फत ४ करोड ५१ लाख लागतमा निर्माण हुने सो सडकले झापा सनोकेर्खा देखी चुलाचुली गाउँपालिका एक नम्वर वार्ड आबुचौकसम्म लाई जोड्नेछ ।





