खेलकुद

अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन मावि धुलाबारीलाई

मेचीनगर । मेचीनगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन मावि धुलाबारीले जितेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल खेलमा गांगा मेमोरियल नकलबन्दालाई टाईबेकरमा ४/२ गोल अन्तरले पराजित गर्दै होराइजनले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिमबाट समान एक/एक गोल भएपछि खेल टाईबेकरमा Read More…

खेलकुद

विश्वका उत्कृष्ट ११ फुटबलरको नाम सार्वजनिक

झापा । फुटबल तथ्यांकहरुको विश्लेषण गर्ने बेवसाइट ओप्टा एनालिस्टले विश्वका उत्कृष्ट ११ फुटबलर चयन गरेको छ।  खेलाडीको प्रस्तुतिलाई विश्लेषण गरेर ओप्टाले टीम अफ द टुर्नामेन्ट जारी गरेको हो। यसरी छानिएका खेलाडीमध्ये उत्कृष्ट गोल किपरमा क्रोएसियाका डोमिनिक लिभकोभिक परेका छन्। उनले विश्वकपमा हरेक खेलमा औसत ३।५ सेभ गरे जुन सबैभन्दा धेरै हो।  यस्तै मोरक्कोका अशरफ हाकिमी राइट Read More…

खेलकुद

कतार विश्वकप : मेस्सीलाई गोल्डेन बल

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएर तेस्रो पटक Read More…

खेलकुद

विश्वकप : एमबाप्पेलाई गोल्डेन बुट

काठमाडौं । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । मेस्सीले ७ खेलमा ७ गोल Read More…

खेलकुद

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उचाल्यो विश्वकपको उपाधि

काठमाडौ। अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको Read More…

खेलकुद

चन्द्रगढीमा भद्रपुर झापा गोल्डकप हुने

बिर्तामोड। झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आजबाट सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ । Read More…

खेलकुद

विश्वकप फुटबल : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल Read More…

खेलकुद

मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा

काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग Read More…

खेलकुद

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा प्रवेश

झापा । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने Read More…

खेलकुद

विश्वकप फुटबल : स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा अफ्रिकन राष्ट्र मोरक्को प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो । मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ । एजुकेसन Read More…