खेलकुद

फिफाले लगायो भारतमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट विचलित भएको भन्दै फिफाले भारतीय फुटबललाई प्रतिबन्ध लगाएको हो। भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन Read More…

खेलकुद

बालोन डि’ओरको मनोनयनमा पर्न सकेनन् फुटबल स्टार मेस्सी र नेमार

काठमाडौं । अर्जेन्टिनाका स्टार लियोनल मेस्सी तथा ब्राजिलका स्टार नेमार यस वर्षको प्रतिष्ठित बालोन डि’ओरको मनोनयनमा पर्न असफल हुनुभएको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्नुहुने दुवैजनालाई बाहिर राख्दै फ्रान्स फुटबल म्यागेजिनले बालोन डि’ओरको मनोनयन सार्वजनिक गरेको हो । सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल Read More…

खेलकुद राजनीति

“राजनीति स्वस्थ भए खेलकुद स्वस्थ हुन्छ”

इटहरी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष घनेन्द्र बस्नेतले राजनीतिक रुपमा स्वस्थ मुलुक नै खेलकुदमा पनि समृद्ध बन्ने धारणा व्यक्त गरेका छन् । नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीको दोस्रो विस्तारीत बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । “राजनीति भनेकै मियो हो” कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टीका १ Read More…

खेलकुद

साफ यू-२० च्याम्पियन्सिप : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं । साफ यू२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार‌ हो । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा गर्यो । गोलरक्षकको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको भारतले दोस्रो हाफमा भने नेपाललाई कुनै मौका Read More…

खेलकुद

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ । टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको १४५ Read More…

खेलकुद

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई

झापा । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि धेरैपटक Read More…

खेलकुद

क्यानाडामा नेपालको विजयी सुरुवात

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले विजयी सुरूआत गरेको छ। आफ्नो पहिलो अभ्यास खेलमा क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अल आउट भयो। उसका लागि ओपनर रियाजखान Read More…

खेलकुद

‘फिफा विश्वकप’: नेपाली समयअनुसार यस्तो छ खेल तालिका

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ । कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ । नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो Read More…

खेलकुद

एन्फा: अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले Read More…

खेलकुद

ओमानमाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो । ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ओमानले Read More…