मनोरञ्जन

प्याब्सन मेचीनगरको गीत तथा नृत्य प्रतियोगिता सुरु

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरको नगरस्तरीय गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । दुई दिने उक्त प्रतियोगिता बुधबार र विहीबार आयोजना गरिएको हो । मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा नगरका २५ विद्यालयका विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीले आफ्नो गीत तथा नृत्य प्रस्तुत गरेका हुन् । विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन Read More…

मनोरञ्जन

रुँदै स्टेजबाट बाहिरिइन् रचना

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलिरहेको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘महापुरुष’ले हाल प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । कलाकारहरुको टोलीसहित चलचित्र प्रचार प्रसारका निम्ती मोफसल टुर गरिरहेको चलचित्र निर्माण टोलीले सोमबार पोखराको हल्लनचोकमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, Read More…

मनोरञ्जन

‘माटो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

झापा । चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तोक्मे बुढो) अभिनित ‘माटो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजेश पायल राईको आवाज रहेको गीतको भिडियो तोक्मे बुढो युवट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । यो म्युजिक भिडियो नेपाली भाषी भुटानीहरुको विषयमा बनेको छ । नेपाली भाषी भुटानीहरुको जनजीवनमा परेको असहज घटनाहरुलाई म्युजिक भिडियो मर्फत Read More…

मनोरञ्जन

धुलावारीमा शुक्रवारदेखि अन्तराष्ट्रिय डान्स व्याटल प्रतियोगिता हुँदै

बाहुण्डाँगी । धुलावारी जेसीज र मेचीनगर डान्सर एशोसियशनको सयुक्त आयोजनामा शुक्रवार र शनिवार इष्ट डान्स फेस्टिबल हुँदैछ । डान्स व्याटल सम्बन्धिको कार्यक्रम रहेको उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भूटानका करिब ९० जना प्रतिस्पर्धी रहने धुलावारी जेसीजका अध्यक्ष रबिन्द्र पाठक (रविन) ले बताउनु भयो । गत वर्ष समेत यहि कार्यक्रम गरेको धुलावारी जेसीजले उत्कृष्ट बनेपछि Read More…

मनोरञ्जन

पल शाह प्रकरण- जबरजस्ती करणी पुष्टी हुन सकेन, बाल यौन दुरुपयोगकाे मुद्दामा साढे २ वर्ष कैद सजाय

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहले सफाइ पाएका छन् । जिल्ला अदातल, नवलपुरले अभिनेता शाहलाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको छ । मंगलबार यज्ञप्रसाद आचार्यको इजलासले उक्त फैसला गर्दै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि Read More…

मनोरञ्जन

पल शाहको मुद्धाको पेशी आज

काठमाडौं । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ ।नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्धाको फैसाला अन्तिम Read More…

मनोरञ्जन

लोटसमा अभयाले सांगीतिक प्रस्तुति दिने

सुरुंगा । सुरुंगास्थित लोटस रिसोर्टमा नेपाली पप ब्याण्ड अभया एन्ड स्टिम इन्जिन्सले प्रस्तुति दिने भएको छ । भदौ ७ गते आयोजना हुने सांगीतिक साँझमा अभया एन्ड स्टिम इन्जिन्ससँगै नेपाल आइडल सिजन ४ का फाइनलिस्ट विश्वास उप्रेतीको ब्यान्डले समेत संगीत प्रस्तुत गर्नेछ । स्थापनाको छोटो समयमै झापा जिल्ला लगायतका अन्य स्थानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल Read More…

मनोरञ्जन

चलचित्र ‘माइकल अधिकारी‘ आजदेखि देशभर एकैसाथ प्रदर्शन

झापा । नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गते आजदेखि देशभर एकैसाथ प्रदर्शनी हुँदै छ । श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शनमा आएको उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय Read More…

मनोरञ्जन

‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक

काठमाडौं । आगामी असोज ७ गतेबाट नेपाली चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ । पहिलो पटक भारतका धेरै हलहरूमा ठूलो पब्लिसिटीका साथ भारतमा प्रदर्शन हुने यो चलचित्रको हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको छ । भारतीय ट्रेड एनालिष्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गर्नुभएको हो । साथै चलचित्रका निर्माता सन्तोष सेनसँगै Read More…

मनोरञ्जन

चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गतेदेखि देशभर एकैसाथ प्रदर्शनी हुने

झापा । नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गतेदेखि देशभर एकैसाथ प्रदर्शनी हुने भएको छ । प्रदर्शनको अन्तिम चरणको प्रचारप्रसारको लागि चलचित्रको टिम यतिबेला देशव्यापी प्रचारप्रसारमा निस्केको छ । यसै क्रममा शनिबार कलाकार सहितको टिम पुर्वको शहर बिर्तामोड, इटहरी र बिराटनगरमा पुगेको छ । कलाकार सहितको टिमले विर्तामोडमा शनिबार पत्रकारसंग भेटघाट गर्दै चलचित्र सम्बन्धि Read More…