मेचीनगर । निक्कै रस्साकस्सीपछि नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको समय केही घणटामात्र बाँकी रहदा नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको एक Read More…
राजनीति
राप्रपाबाट मेचीनगरको मेयरमा दाहाल र उपमेयरमा बजगाईको उम्मेद्वारी घोषणा
मेचीनगर । आसन्न स्थानीय तहको निर्वाचनको लागि मेचीनगरमा प्रमुख ठूला दल नेपाली काँग्रेस र एमालेले उम्मेद्वार घोषणा गर्न नसकिरहेको समयमा राप्रपाले शनिवार एक कार्यक्रमको बीच प्रमुख र उपप्रमुख पदमा उम्मेद्वारी घोषणा गरेको छ । राप्रपाले पार्टी प्रवेश तथा उम्मेद्वार घोषण सभा आयोजना गरेर नगर प्रमुखमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईको नाम घोषणा गरेको हो Read More…
एमालेले झापाका आठ पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगायो
बिर्तामोड । नेकपा एमालेले स्थानीय निर्वाचनका लागि झापाका आठ पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । एमालेले भद्रपुर, दमक, बिर्तामोड, गौरादह, कनकाई, बाह्रदशी र बुद्धशान्तिमा उम्मेदवार टुङ्गो लगाएको हो । एमालेले भद्रपुर नगर प्रमुखमा असारु राजवंशी र उपप्रमुखमा कौशिला अधिकारीलाई उम्मेद्वार बनाउने भएको छ । प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेका अनुसार दमक Read More…
बिर्तामोडका उपमेयरसहित २८ जना जनप्रतिनिधिद्वारा राजीनामा
झापा । आसन्न स्थानीय निर्वाचनको तयारीका लागि उपमेयरसहित बिर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिहरूले आज राजीनामा दिएका छन् राजीनामा दिनेहरूमा उपमेयर पवित्रा महतारा प्रसाईँ, वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, सदस्यहरू प्रेमकुमार खरेल, यमुना आचार्य, कमला महरा, वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद सङ्ग्रौला, सदस्य किशोर पौडेल, वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला, सदस्य Read More…
उपमेयरसहित ५० जना जनप्रतिनिधिले बुझाए मेचीनगरमा राजीनामा
झापा । झापाकाे मेचीनगरमा उपमेयरसहित नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नु अघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको नियमानुसार मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिले शुक्रवार राजीनामा दिएका हुन् । उपमेयरसहित ५० जना जनप्रतिनिधिले मेयर विमल आचार्यसमक्ष राजीनामा बुझाएका थिए Read More…
हल्दिवारीका उपाध्यक्ष डम्बर गिरीद्वारा राजीनामा
बिर्तामोड । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका छन् । राजीनामा पत्रमा निर्वाचित मितिले करिब ५ बर्षसम्म नेपालको संविधान, स्थानीय Read More…
नेकपा एकीकृत समाजवादीद्वारा झापाका १५ पालिकामा उम्मेद्वार सिफारिस (नामावलीसहित)
झापा । झापामा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएिको छ । गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको छ । नेकपा एसका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले सबै स्थानीय तहमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक Read More…
एमालेको भिजनले हल्दिवारीको मुहार बदलिएको छ : उपाध्यक्ष गिरी
विर्तामोड। झापा हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले पाँच वर्षमा गरेका प्रगति सार्वजनिक गर्नुभएको छ । उहाँले आज गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । हल्दिवारी गाउँपालिकाले पाँच वर्षमा ४३ किलोमिटर भन्दा बढी कालोपत्रे सडक निर्माण गरेको उपाध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साढे ३४ किलोमिटर सडक Read More…
एकीकृत समाजवादी एउटा स्वतन्त्र, सार्वभौम र आफ्नै बिचार बोकेको पार्टी होः नेता खनाल
झापा । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी एउटा स्वतन्त्र, सार्वभौम र आफ्नै बिचार बोकेको पार्टी भएका कारण आसन्न निर्वाचनमा सम्मानजनक एकता भएन भने कसैको पुच्छर भएन नबस्ने बताए । मंगलबार एकीकृत समाजवादीको मेचीनगर निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्न झापा आएका उनले सोकुरा बताएका हुन् । Read More…
एमालेको घोषणापत्र अनुमोदन
काठमाडौं । एमालेको घोषणापत्र पारित भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले घोषणापत्र तयारी समितिले पेश गरेको घोषणापत्र पारित गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वैशाख ९ गते घोषणपत्र पारित हुने बताए । सोही दिन स्थानीय स्तरमा पनि प्रतिबद्धतापत्र सार्वजनिक हुनेछ ।










