राजनीति

एकीकृत समाजवादी एउटा स्वतन्त्र, सार्वभौम र आफ्नै बिचार बोकेको पार्टी होः नेता खनाल

झापा । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी एउटा स्वतन्त्र, सार्वभौम र आफ्नै बिचार बोकेको पार्टी भएका कारण आसन्न निर्वाचनमा सम्मानजनक एकता भएन भने कसैको पुच्छर भएन नबस्ने बताए ।

मंगलबार एकीकृत समाजवादीको मेचीनगर निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्न झापा आएका उनले सोकुरा बताएका हुन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकीदैं जाँदा सत्तारुढ दल बिच उम्मेद्वारको भागवण्डा मिलाउन कुनै पनि बहाना नचल्ने बताउँदै उनले आफ्नो पार्टीले सम्मान पूर्वक स्थान पाउनुपर्नेमा जोड दिए ।तर, सहमती नभए आफ्नो पार्टी कसैसंग पनि सानो भएर नझुक्ने बताए ।

साथै उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विभिन्न बहानामा निर्वाचन सार्न लागि परेको बताउँदै आफ्नो पार्टी कुनैपनि हालतमा निर्वाचन गराउने पक्षमा रहेको प्रतिक्रिया दिए ।

कार्यक्रममा समाजवेदी पार्टीका पोलीब्युरो सदस्य भाष्कर काफले, केन्द्रीय सदस्य पुष्प पोखरेल, लिलामणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी, सुभद्रा भट्टराई, केन्द्रीय सल्ललाकार पुष्प खरेल, लक्ष्मी चित्रकार र खेलकुद मंहासघका प्रदेश १ का संयोजक शंखर थापालगायतको आतिथ्यता रहेको थियो ।

कार्यालय उद्घाटनका कार्यक्रमको अध्यक्षता एकिकृत समाजवादी पार्टीका मेचीनगर अध्यक्ष अर्जुन पौडेलले गरेका थिए भने सञ्चालन नगरका सचिव हरी तिम्सिनाको रहेको थियो ।