संघ \संस्था

क्षेत्र ग को प्रसिडेन्ट मिटको फोटो फिचर

बाहुण्डाँगी । काभ्रे लेडी जेसीजको आतिथ्यतामा नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्ष भेला क्षेत्र ग (प्रसिडेट मिट) भव्य रुपमा सम्पन्न भएको छ । काभ्रेको बनेपामा सम्पन्न भेलाबाट ३ महिनाको अवधीमा गरेका गतिविधि र आगामी दिनका योजनाका विषयमा छलफल भएको थियो ।


काभ्रे लेडी जेसीजका लागि निरुपित उपाध्यक्ष जीवन श्रेष्ठको सभापतित्व तथा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्षेत्र ग का लागि निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल, मातृ शाखा काभ्रे जेसीजका अध्यक्ष सञ्जिव मानान्धर, क्षेत्र ग का निरुपित उपाध्यक्ष योगीराज अधिकारी, जीवन कार्कीलगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा पूर्व राष्टिय अध्यक्षहरु सिनेटर राजेन्द्रराम श्रेष्ठ, सिनेटर राजेश न्याछौं, पूर्व राष्टिय कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ, रविन पोखरेल, रश्मि शिल्पकार, पूर्व राष्टिय महासचिव सिनेटर विकास मानन्धर, सिनेटर अभिषेक श्रेष्ठको सहभागिता रहेको आतिथ्यता शाखाकी अध्यक्ष सुनिता बादे श्रेष्ठले बताउनु भयो ।


निवर्तमान अध्यक्ष देवकी अमाचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव बुद्धलक्ष्मी मानन्धरले गर्नु भएको थियो ।

सबै फोटो
काभ्रे लेडी जेसीजकी अध्यक्ष सुनिता श्रेष्ठको फेसबुक वालबाट साभार