राजनीति

उपसभामुख शिवमायालाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौं, पुष २६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको छ । शनिवार साँझ बसेको सचिवालय बैठकले नेकपाले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिने प्रयोजनका लागि उपसभामुख शिवमायाको राजीनामा माग्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी गराउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाले सभामुख पदमा उम्मेदवारी दिन Read More…

राजनीति

पार्टीलाई एकढिक्का बनाएर लैजानु सबैको कर्तव्य: देउवा

काठमाडौं, पुष २४ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सबैको साझा भएकाले मिलेर जानुपर्ने बताएका छन् । असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुसँग देउवाले यस्तो विचार राखेका हुन् । सभापति देउवाले केन्द्रीय समिति बैठकका निर्णयमा छलफल गर्न सकिने समेत बताए । लचिलो हुदै सभापती देउवाले भने केन्द्रीय समितिका निर्णय सहमति र संवादमार्फत मिलाउन सकिने बताएका छन् । Read More…

राजनीति

प्रचण्ड–देउवाबीच भेटवार्ता

काठमाडौं, पुष २१ । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेट भएको छ । भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित भएको जानकारी दिइएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ गएको जानकारी दिइएको छ Read More…

राजनीति

नेकपा सचिवालय बैठक आज, सभामुखको उम्मेदवार टुङ्गो लगाउने

काठमाडौं, पुष १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान ८ः३० बजे बस्दै छ । नेकपा भित्र राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भईरहे पनि निर्णय गर्न सकेको छैन । त्यसैले आज बस्ने सचिवालय बैठकले सो बिषयमा टुङ्गो लगाउने नेकपाका एक नेताले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा सभामुखको उम्मेदवार Read More…

राजनीति

पर्यटकीयस्थल चिनाउन मेचीनगरमा युवाहरुको मोटरसाइकल र्याली

झापा, पुष १७ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न सत्तारुढ दल नेकपा सम्बद्ध भातृ संगठनहरुले संयूक्त रुपमा मोटरसाइकल र्याली गरेका छन् । पर्यटन वर्ष २०२० लाई सफल पार्न बुधवार बिहान मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजना भएको उद्घाटन समारोहमा पुर्व युवा संघ नेपाल मेचिनगर अध्यक्ष सरोज Read More…

राजनीति

मेचीनगरको पर्यटकीयस्थल चिनाउन युवाहरुको मोटरसाइकल र्याली

झापा, पुष १४ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न युवाहरुले मोटरसाइकल र्याली गर्ने भएका छन् । यही बुधबार (१ जनवरी, २०२०) दिन युवाहरुले मेचीनगरको पर्यटकीय क्षेत्रलाई चिनाउन मोटरसाइकल र्याली आयोजना गरेको सोमबार मेचीनगरको खुट्टीडाँगी सिमसार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अनेरास्ववियू मेचीनगर, राष्ट्रिय Read More…

राजनीति

प्रदेश ३ को नाम बागमती, राजधानी हेटौंडा

काठमाडौं, पुष १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ ।  प्रदेश ३ को सरकारले त्यसको टुंगो लगाउन नसकेपछि नेकपाले नै उक्त निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा नै कायम गर्ने Read More…

राजनीति

बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्दैन: वरिष्ठ नेता पौडेल

काठमाडौं, पुष १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको बताए । ‘कम्युनिस्टको Read More…

राजनीति

नेकपा झापाका अध्यक्ष पाठकलाई पितृशोक

झापा, पुष १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ । अध्यक्ष पाठकका ९३ वर्षीय बुबा देवी प्रसाद पाठकको शुक्रबार साँझ ८ः२० बजे निजी निवास बुद्धशान्ति–२ बुधबारेमा निधन भएको हो । अध्यक्ष पाठकका अनुसार दाहसंस्कारका लागि शनिबार (आज) विहान १०ः३० बजे कनकाई माई लगिने छ ।

राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिदै समाजवादी पार्टी प्रतिपक्षमा

काठमाडौँ, पुष ९ । समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई मंगलबार (हिजो) नै फिर्ता बोलाईसकेको छ । ‘सरकारमा सहभागि हुँदा संविधान संशोधन गर्ने गरि विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएको कमि Read More…