राजनीति

नेकपा सचिवालय बैठक आज, सभामुखको उम्मेदवार टुङ्गो लगाउने

काठमाडौं, पुष १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान ८ः३० बजे बस्दै छ ।

नेकपा भित्र राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भईरहे पनि निर्णय गर्न सकेको छैन । त्यसैले आज बस्ने सचिवालय बैठकले सो बिषयमा टुङ्गो लगाउने नेकपाका एक नेताले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि सो विषयमा आज छलफल हुन नसके पछि बैठक आज बोलाईएको जनाइएको छ । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published.