अर्थ

तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सम्पन्न, ४ करोड बढीको कारोबार

झापा, पुष १७ । मेची उद्योग वाणिज्य संघको आयोजनामा झापाको धुलाबारीमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आज सम्पन्न भएको छ ।

एशियन थाइ फुडको उत्पादन रमपम चाउचाउ मुख्य प्रायोजक र मेचीनगर नगरपालिका संरक्षक रहेको महोत्सवको भण्डै १ लाख अवलोकनकर्ताले अवलोकन गरेको र ४ करोड स्पैयाँभन्दा बढीको कारोबार भएको आयोजक संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनु भयो ।

यही पुस ९ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको महोत्सवमा नेपाललगायत भारत, बंगलादेश, र पाकिस्तानका गरी दुईसय स्टल रहेका र सबैले उल्लेख्य कारोबार गरेका थिए भने विदेशी अवलोकनकर्ताहरुको पनि उल्लेख्य सहभागिता रहेको संघका महासचिव ध्रुव कनालले जानकारी दिनु भयो ।

महोत्सवमा जुम्लाको मार्सी चामलदेखि इलामको जौबारीमा उत्पादित बहुमूल्य वनस्पति केसरसम्मको स्टल रहेको थियो ।

आज समापन समारोहका प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आर्थिक विकासमा यस्ता महोत्सवको महत्वपूर्ण भूमिका रहने भन्दै झापामा आवश्यक जग्गा उपलब्ध भए प्रदेश सरकारले सुविधासम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने जानकारी दिनु भयो ।

महोत्सव अवधिमा अथ्ृविज्ञहरुको संभाषण, निर्यात व्यापारसम्बन्धी अन्तरक्रियाहरुसमेत गरिएको थियो भने राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहेको संघका सचिव रविचन्द्र नेपालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.