स्वास्थ्य

झापाका कोरोना संक्रमित वृद्धको विराट शिक्षण अस्पतालमा मृत्यु

विराटनगर, असोज ७ । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नम्बर १० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले बताए ।