

मेचीनगर / जेष्ट नागरिक समाज मेचीनगर ८ ले वार्डमा रहेका जेष्ट नागरिक बृद्धबृदाहरुलाई पुर्वको प्रसिद्ध तिर्थ स्थल चतराको दर्शन गराएको छ ।
संस्थाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत एक दिने धार्मीक तिर्थयात्रा आयोजना गरेको हो । मेचीनगर ८ को आर्थीक सहयोगमा आयोजना भएको तिर्थयात्रामा ७५ जना जेष्ट नागरिकलाई चतराको दर्शन गर्न लगेको थियो ।
संस्थाका अध्यक्ष टिका न्यौपाने, साझा मनोरञ्जन संस्थाका अध्यक्ष बिष्णु भट्टराई, समाजसेवी नारायण कोइराला, कुल्दिप गिरि, नारायण बस्नेत प्रकाश ढुङ्गाना, हेम कार्की, ताकेन्द्र तामाङ्गलगायतका वडाका अग्रज ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

