
काठमाडौं– सरकारले देशभर कार्यरत १ हजार ५३ जना स्रोत व्यक्तिलाई पहिलेकै अवस्थामा (शिक्षक)मा काज शरुवा गर्ने भएको छ ।
गत फागुन ३ गते बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न समयमा माध्यमिक तह कार्यरत शिक्षकलाई स्रोत व्यक्ति (आरपी)का रुपमा काजमा खटाएको थियो ।
२०३८ सालदेखि शुरु भएको स्रोत केन्द्रको अवधारणअन्तर्गत विद्यालय र शिक्षा कार्यालयबीच समन्वय गर्ने उद्देश्यका साथ सरकारले स्रोत व्यक्ति परिचालन गरेको थियो ।
सरकारले निश्चित क्षेत्रका विद्यालय हेर्ने गरी स्रोत केन्द्र तोकेको थियो । जसमा एकजना स्रोत व्यक्ति स्रोत केन्द्र प्रमुखको रुपमा कार्यरत रहन्थे । पछि विश्व बैंकको सहयोगमा सञ्चालित एसएसडीपी परियोजनाअन्तर्गत माध्यमिक तहमा कार्यरत शिक्षकलाई स्रोत व्यक्तिका रुपमा परिचालन गर्न काजमा खटाइएको थियो ।
संघीय व्यवस्थाअनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहमा गइसकेकाले स्रोत व्यक्तिको आवश्यकता नरहेको सरकारले जनाएको छ ।
