खेलकुद

उपाधि होडमा चेल्सी र म्यान्चेष्टर सिटी

एजेन्सी । कारावाओ कपको फाइनल खेलमा चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छ। खेल लण्डनको वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति सवाँ १० बजे सुरु हुने छ।

प्रिमियर लिगमा गत हप्ता चेल्सीलाई ६(० ले पराजित गरेको म्यानचेस्टर सिटी उच्च मनोवल सहित खेल्ने छ। सिटी कारावाओ कपको साविक बिजेता समेत हो। सिटीका लागी जोन स्टोन्स, मंगलाको चोट बाधक भए पनि नियमित कप्तान भिन्सेन्ट कम्पनीको आगमनले केही राहत मिल्ने छ।

अघिल्लो हप्ता चेल्सीविरुद्ध ह्याट्रिक गरेका सर्जियो अगुइरोले नै सिटीको आक्रमण सम्हाल्ने छन् ।

खराब फर्मबाट गुज्रीरहेको चेल्सीका प्रशिक्षक सारीको भविष्य आजको खेलको नतिजाले निर्धारण गर्ने आड्कल काटिएको छ। खराब फर्मसँगै दुई मुख्य खेलाडीको चोट समेत चेल्सीको लागी घातक हुनसक्छ।

नियमित रक्षक किपा अर्रिजाबलागा र पेड्रोले चोटका कारण खेल गुमाउने सम्भावना उच्च रहेको छ।

जारी सिजनको ईङ्ग्लिश फुटबलको पहिलो फाइनल चेल्सीका प्रशिक्षक सारी जागिर बचाउने सुरमा समेत हुने छन्। त्यस्तै सिजनको सबै प्रतियोगिताको बलियो दाबेदारको रुपमा रहेको म्यानचेस्टर सिटीका प्रशिक्षक पहिलो उपाधि जित्दै सुखद् यात्राको सुरुवात गर्ने धुनमा हुनेछन्।

Leave a Reply

Your email address will not be published.