झापा । नेपालकै सर्वा्धिक दर्शक उपस्थित रहने मगमग झापा गोल्डकपको चौथो संस्करणको सम्पुर्ण तयारी पुरा भएको छ । यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाईएको आयोजकले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए ।

भोली बाट २७ गते सम्म सञ्चालन हुने झापा गोल्डकपमा १० टिमले सहभागिता जनाउने निश्चित भएको छ । प्रतियोगितामा झापा ११, सहित मोरङ्ग ११, थ्री स्टार, मनाङ मस्याङदी, लाली रुपन्देही ११, सहारा पोखरा एफसी बिभागीय टिमहरु त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित विदेशी टिम हङकङ नेप्लीज एकाडेमी रहेको छ ।
झापा गोल्डकपको टाइटल स्पोन्सरमा झापाकै मगमग तयारी चाउचाउ रहने पक्का भइसकेको छ । मगमग यो प्रतियोगिताको मुख्य प्रायोजक हो । यो वर्ष गोल्डकपको सहआयोजकमा बिर्तामोड नगरपालिका र जिल्ला खेलकुद विकास समिति झापा रहेका छन् ।
मोफसलको सर्वाधिक सफल गोल्डकपको पहिचान बनाउन सफल झापा गोल्डकपको यो चौथोे संस्करणका लागि पाँच दर्जन बढी व्यावसायिक प्रतिष्ठान तथा संघसंस्थाले आर्थिक सहयोगको प्रतिबद्धता जनाएको आयोजक समितिले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए ।
उद्घाटन खेल झापा ११ र सहारा पोखरा एफसी बिच भोली दिउसो २ बजे देखी डोमालाल राजवंशी रंगशालामा हुने छ । मगमग झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने गोल्डकप आयोजक समितिले जनाएको छ ।

