काठमाडौं । मुगु बस दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ ।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो।
दुर्घटनामा परी २४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।


