झापा/ तत्कालीन शासकविरुद्ध विद्रोह गरेका कारण पञ्चायती शासकले २०२९ फागुन २१ गते कम्युनिष्ट क्रान्तिकारी रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरेको थियो । ५ युवाले गोली खानु परेको यो घट्नालाई ‘झापा विद्रोह’का नामले चिनिन्छ । त्यसयता नेपालका कम्युनिष्टहरुले सुखानी दिवस मनाउदै आएका छन् । नेकपाले यो बर्ष झापा विद्रोहका योद्धाको सम्झनामा ‘सुखानी दिवस’ झापाको सुखानीमा मनाउँदै छ ।

सुखानीको जंगलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा आज झापामा हुने कार्यक्रममा नेकपाका अध्यक्षद्धय केपी शर्मा शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा झापा जिल्ला भरिका नेकपाका नेता कार्यकर्ता उपस्थित हुने नेकपाका युवा नेता दिपक दुलालले हाम्रो खबरपाटी डटकम लाई बताए ।
झापाबाट इलाम जेल सार्ने नाममा गोली हानेर हत्या गरिएका उनीहरुको हत्या भएको स्थानमा अहिले ५ जनाकै शालिक निर्माण गरिएको छ । नेपालका कम्युनिष्टहरुले सुखानीलाई आदर्शभूमि मान्ने गरेका छन् ।
यही विद्रोहका जगमा नेकपा(माले) नेकपा(एमाले) एवम् नेकपा (माओवादी) हुँदै अहिले संसदमा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति (नेकपा) बनेको छ ।

