समाचार

नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारीमा हस्ताक्षर

काठमाण्डौ, चैत ११ । केही महिनायता नेपाल र जापानबीच चलिरहेको श्रमसम्बन्धी कुराकानीलाई निचोडमा पुर्‍याउँदै सोमवार दुवै देशका अधिकारीहरूले ललितपुरमा एक सम्झौतामा हस्ताक्षर गरेका छन्।

नेपाल सरकारका तर्फबाट कार्यवाहक सचिव रामप्रसाद घिमिरे तथा जापानका तर्फबाट जापानी राजदूत मासामिची साइगोले तोकिएका दक्ष कामदार भनिएको वर्गअन्तर्गत नेपाली श्रमिकहरू पठाउने विषयमा सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीपश्चात् अब सरकारी संयन्त्रमार्फत् नै नेपाली कामदार जापान लगिने बताइएको छ । सम्झौतापछि करिब दुई साताभित्रै नेपाली कामदारहरूको छनोटको काम सुरु हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published.