
झापा, चैत १५ । स्थापना भएको छोटो समयमा नै गुणस्तरिय शिक्षा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ केर्खा पब्लिक बोर्डीङ्ग स्कुल ।


कमल गाँउपालिका–३ स्थित केर्खा बजारमा वि.स. २०७१ सालमा स्थापना भएको केर्खा पब्लिक बोर्डीङ्ग स्कुलले अध्ययन संगै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहदै आएको छ । त्यसैले पछिल्लो समय यस विद्यालयमा अभिभावकहरुको आकर्षण बढ्दो छ ।



अभिभावकहरुले आफ्ना नानीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालय छनौट गर्न गाह्रो परिरहेको बेला केर्खा पब्लिक बोर्डीङ्ग स्कुलले भने अभिभावकहरुको मन जित्न सफल भईरहेको छ ।


लामो समय देखि शिक्षा क्षेत्रमा निरन्तर लागि अनुभव संगालेका प्रिन्सिपल त्रिलोचन गौतमले मन्टेश्वरी पद्धती सहितको विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएका छन् । अहिले यस विद्यालयमा कक्षा पाँच सम्मको कक्षा सञ्चालन भईरहेको छ । अब नया सेसन देखि कक्षा छ सञ्चालन हुने पनि प्रिन्सिपल गौलमले बताउनु भयो ।


बर्षेनी कक्षा थप गर्दै लाने हाम्रो उदेश्य छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कृष्णा आचार्यले बताउनु भयो । सुन्दर वातावरणमा विद्यार्थीहरुको मनोभावना अनुसार गुणस्तरिय शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापममा पनि अब्बल बनाउनु हाम्रो उदेश्य हो । सोही अनुरुप उक्त कार्यमा विद्यालय परिवार निरन्तर लागि परेका पनि प्रिन्सिपल गौलमले बताउनु भयो । जसका कारण अभिभावकको साथ र विद्याथीहरुको शैक्षिक स्तरमा बृद्धि सहितको सफलता मिल्दै गएको छ ।

