
एजेन्सी चैत १५ । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ र डेविड वार्नरको एक वर्षको अस्तर्राष्ट्रिय प्रतिबन्ध आजदेखी सकिएको छ ।
गत वर्ष केपटाउनमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा बल टेम्परिङ गरेको पुष्टि भएपछि क्रिकेट अष्ट्रेलियाले स्मिथ र वार्नरलाई १ वर्ष तथा क्यामरन ब्यान्क्रफ्टलाई ९ महिना प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जस अनुसार क्यामरनको प्रतिबन्ध गत पुषमै सकिएको थियो ।
स्मिथ र वार्नरले अव अष्ट्रेलियाबाट खेल्न पाउनेछन् । मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसिय विश्वकपमा अष्ट्रेलिया खेल्दै टोलीमा पुनरागमन गर्ने बताइएको छ । दुवै खेलाडी आफ्नो लय जारी राख्न अन्तर्राष्ट्रिय फेन्चाइज लिग खेल्दै आएका छन् ।
हाल यी दुवै इन्डियन प्रिमियर लिग आईपीएल मा खेलिरहेका छन् । आज स्मिथ र वार्नर एक अर्काबीच पनि भिड्दैछन् । वार्नर सनराइज हैदरावाद र स्मिथ राजस्थान रोयल्सबाट खेल्न लागेका हुन् ।

