
काठमाण्डौं, चैत २० । आज भएको एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब अबहानी संग पराजित भएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सञ्चालन भएको समूह चरणको पहिलो होम खेलमा मनाङ बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १–० गोल अन्तरले पराजित भएको हो । प्रतियोगितामा अबहानीको तर्फ बाट खेलको २७ औं मिनेटमा मासिया साईघानीले हेड मार्फत गोल गरेका थिए । सोही गोल नै अबहानीका जितका लागि निर्णायक सावित भयो ।
जितसंगै समूह ुइु को अबहानीले महत्वपूर्ण ३ अंक जोडेको छ । अब मनाङले अबहानीसंग आगामी जुन १९ मा बंगलादेशको बंगबन्धु स्टेडियममा खेल्नेछ । मनाङले दोस्रो खेलमा भने भारतको चेन्नायीन एफसीविरुद्ध अप्रिल १७ मा उसैको मैदानमा खेल्ने छ ।
घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि मनाङ गोल गर्न नसक्दा घरेलु मैदानमा पराजित भएको हो । मनाङले अबहानीविरुद्ध पहिलो हाफमै केहि उत्कृष्ट आक्रमण गरेको थियो ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । प्ले अफमा समूह ‘इ’ को विजेतासहित समूह ‘डी’, ‘आइ’ र आसियान क्षेत्रको विजेताले खेल्नेछ ।

