खेलकुद

आर्मी मनमोहन दुहबी गोल्डकपको फाइनलमा प्रवेश

काठमाण्डौं, चैत २० । विभागीय टिम त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमीफाईनल खेलमा रुस्लान थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब अन्तिम दुईमा पुगेको हो । आर्मी तर्फ बाट कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलको म्यान अफ दि म्याच आर्मीका कप्तान भरत खवास चुनिए । उनले नगद १० हजार प्राप्त गरे ।
अब आर्मीले उपाधिका लागि बिहिबार हुने क्यामरुनको दाउफिन्स र झापाको मेचि नेत्रालय ट्रेनिङ सेन्टरबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ६ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । यस्तै उपविजेताले नगद ३ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छ ।

Leave a Reply

Your email address will not be published.