काठमाण्डौ, चैत २५ । जारी वाइ वाइ पाँचथर गोल्डकप तेस्रो सस्करणमा मोरङको डाँगीहाट फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । आयोजक पाँचथर क्लबलाई ३–० गोल अन्तरले हराउँदै डाँगीहाट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । डाँगीहाटलाई विजयी बनाउन विदेशी खेलाडी अर्मानले व्यक्तिगत २ गोल तथा हेमन्त थापा मगर एक गोल गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी Read More…
Day: April 8, 2019
मेचीनगरमा मेची क्राउन पाँचतारे होटल
झापा, चैत २५ । भेगास सिटी इन्टरटेनमेन्टले झापाको मेचीनगर ८ स्थित जोर सिमलामा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ। ‘होटल मेची क्राउन’ नामक पाँचतारे होटलको निर्माण करिब ९० प्रतिशत सकिसकेको छ। होटल साउनदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको होटलका निर्देशक बलराम सापकोटले बताए। उनका अनुसार भारतीय सीमाबाट नजिक भएकाले सीमापारिबाट आउने पर्यटकलाई लक्ष्य गरी होटल Read More…
अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु
काठमाण्डौ, चैत २५ । सन्धिखर्कबाट प्युठान बरौला जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वाड नम्बर ८ लाट्टेबाजमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये प्युठान जिल्लाको ऐरावति गाउपालिकाकी १४ वर्षीया Read More…
झड्केली छोरी बलात्कार गर्ने बाबु पक्राउ
काठमाण्डौ, चैत २५ । विगत दुई वर्षदेखि डर र त्रास देखाएर झड्केली छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा सौतेलो बाबुलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षे झड्केली छोरीलाई चैत १४ गते अपराह्न ४ बजे आफ्नै डेरा कोठामा बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले Read More…
भारत र पाकिस्तान बिच सम्बन्ध झन बिग्रिदो
काठमाण्डौ, चैत २५ । पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको ुविश्वसनीय सूचनाु पाएको दाबी गरेको छ। उक्त भनाइलाई भारतले भने पाकिस्तानको ुयुद्ध उन्मादु भनेर प्रतिक्रिया दिएको छ। पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार बताएका थिए। बिबिसि गत फेब्रुअरीमा भारत(प्रशासित कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान Read More…
धरानमा बस दुर्घटनाः ४ जनाको घटनास्थलमै मृत्यु, २५ बढी घाइते
धरान, चैत २५ । धनकुटातर्फबाट आउदै गरेको बस धरानको जिरोपोइन्टमा दुर्घटनाग्रस्त हुदा हुदा ४ जनाको मृत्यु भएको छ भने २५ बढी घाइते भएका छन् । ना ६ ख २७१३ नम्बर बस कोशी राजमार्गमा पर्ने भेडेटारबाट धरान आउने क्रममा ब्रेकफेल हुँदा पल्टिएर विजुलीको पोलमा ठोकिएको थियो । दुर्घटनामा परी घाईते भएका लाई उपचारका लागि वीपी कोइराला Read More…
बस दुर्घटनामा परी मलेसियामा २ नेपालीको मृत्यु, ३ जना गम्भीर घाइते
काठमाण्डौं, चैत २५ । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने श्रमिक बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ नेपाली पनि छन् । दुर्घटनामा परि बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । गम्भीर Read More…
प्रदेश नं. १ का हक्कि खेलाडी बिदाई
झापा, चैत २५ । झापा जिल्लाबाट प्रदेश नं. १ को प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा सहभागी हुने पुरुष हक्की खेलाडीलाई काँकरभिट्टामा सोमबार एक कार्यक्रम बिच बिदाई गरिएको छ । खेलाडी विदाई कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्ग र झापा जिल्ला Read More…







