समाचार

मनमोहनलाई सम्झदै प्रम ओली

काठमाण्डौं, बैशाख १३ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवम् तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा शुक्रबार सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको बताए ।

मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गरेको भन्दै ‘उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्ने प्रधानमन्त्री ओलीले बताए ।

Leave a Reply

Your email address will not be published.