
झापा, वैशाख १३ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज च्यासल युथ क्लब काठमाडौँ र धरान फुटबल क्लब सुनसरी बिच प्रतिस्पर्धा हुदैछ । काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता दिनको ४ बजे देखी हुदैछ ।

बैशाख १२ गते देखी २१ गते सम्म सञ्चालन हुने गोल्डकपमा बिहिबार भएको उद्घाटन खेलमा आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले टाइब्रेकरमा ४–२ गोल अन्तरले विदेशी पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबलाई पराजित गरेको छ ।
१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन् ।
जारी प्रतियोगितामा दुई विभागीय, दुई विदेशीसहित १० टिमको सहभागिता रहेको छ ।

