शिक्षा

आजबाट कक्षा १२ को परीक्षा सुरु

काठमाण्डौं, बैशाख १५ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । परीक्षामा कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीले परिक्षमा सहभागी भएका छन् ।

आइबार सुरु भएको परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट सञ्चालन हुनेछ । उक्त परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन् ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी बोर्डले परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published.