खेलकुद

मेचीनगर गोल्डकपमा आज थ्रीस्टार र आर्मी भिड्दै

झापा, वैशाख १९ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने अन्तिम सेमीफाईनल खेलमा रुस्लान थ्रीस्टार क्लब काठमाण्डौं र विभागिय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौं बिच प्रतिस्पर्धा हुदैछ । आजको खेल जित्दा मात्र पनि टिमले ५ लाख १ हजार सुरक्षित गर्दै उपाधि नजिक पुग्ने छ । उपाधी यात्रामा आजको खेल जित्नै पर्ने दबाब छ दुबै टिमलाई । आजको खेल जित्दै उपाधीका लागि पुलिस संगको भेट पक्का गर्ने दाउमा दुबै टिम रहने छ ।

थ्रीस्टार र आर्मी जारी चौथो संस्करणको उपाधि दाबेदार टिम हो । ए डिभिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको थ्रीस्टार र राष्ट्रिय खेलाडीले भरिएको विभागिय टिम त्रिभुवन आर्मी क्लब बिच उपाधी नजिक पुग्ने आजको अन्तिम सेमीफाईनल खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता दिनको ४ बजे हुदैछ । १० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार सहित ट्रफी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.