खेलकुद

नेपाल सिन्दोकाई–कान कराँते संघ झापाको अध्यक्षमा हरिमाया

झापा, बैशाख २२ । झापा जिल्ला खेलकुद विकास समिति सदस्य हरिमाया मैनालीको अध्यक्षतामा चार बर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेपाल सिन्दोकाई–कान कराते संघ झापा जिल्लाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

मेची रङ्गशाला स्थित खेलकुद विकास समितिको सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेश भट्टराई, सचिवमा गोबिन्द कोईराला र कोषाध्यक्षमा रोजिना मेचे चयन भएकी छिन । समितिको सदस्यहरुमा उमादेवी बानियाँ, सिता भण्डारी, रेश्मा खातुन, सौरभ (धनपती) मैनाली र निशान लामिछाने रहेका छन् ।

झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख टहलदाश मैनाली, कोषाध्यक्ष धर्मराज शिवाकोटी, सदस्य पूर्ण सिटौला, नेपाल जुडो संघका केन्द्रीय सदस्य गंगाबहादुर खड्का, पत्रकार, विभिन्न खेलका प्रशिक्षकलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थापा, अतिथि शिवाकोटीलगायतले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

नेपाल सिन्दोकाई–कान कराँते संघका केन्द्रीय उपाध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका केन्द्रीय महासचिव जगतबहादुर धामीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.