मेचीनगर । धुलाबारीमा यहीँ असोज २६ गतेदेखि दोस्रो ‘धुलाबारी महोत्सव’ हुने भएको छ । मेची चेम्बर अफ कमर्सको आयोजनामा कात्तिक १५ गतेसम्म सञ्चालन हुने कृषि पर्यटकीय व्यापारीक सांगीतिक तथा फुड फेस्टिभल महोत्सव धुलाबारीको कोलेनीमा आयोजना हुने बताइएको छ । उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

आज धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइएको हो । महोत्सवमा स्थानीय रोलिङ क्लबको विशेष सहयोग रहने बताइएको छ ।
महोत्सवका संयोजक रविनकुमार बस्नेतका अनुसार कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा फुड फेस्टिवल समेत हुनेछ ।
पर्यटन प्रबर्द्धनको माध्यमबाट मेचीनगरको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको संस्थाका महासचिव प्रकाश खड्काले बताए ।
संघसंस्थालाई निःशुल्क उपलब्ध गराइनेछ । धुलाबारीको पुरानो शाखलाई फर्काउन महोत्सवले टेवा पुर्याउने आशा गरिएको खड्काको भनाइ छ ।
महोत्सवमा १० वर्षमुनिका विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ । ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको खड्काले बताए । महोत्सवअन्तर्गत साँझमा हुने कलाकारको प्रस्तुति हेर्न एक सय रुपैयाँ टिकट राखिएको छ ।

