कला

आईफा अवार्ड नेपालमा नहुने

काठमाण्डौं, अषाढ १८ । इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले नै खर्च गरेर अवार्ड गर्न लागिएको भन्दै जनस्तरबाट चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि गरे ।
सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा नेपाल सरकाको १ अर्ब खर्च हुने अनुमान गरिएको थियो।
जसमा उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो । ४० लाख अमेरिकी डलर नगद, सहभागीका लागि हवाइ टिकट, होटल तथा स्थानीय यातायातका नाममा २५ करोडसम्म खर्च हुने अनुमान थियो। त्यस्तै सुरक्षा तथा अन्य व्यवस्थापनमा पनि करोडौं खर्च हुने पर्यटन बोर्डको प्रक्षेपण थियो।

Leave a Reply

Your email address will not be published.