शिक्षा

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

भक्तपुर, अषाढ १८ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ ।
कार्यालयका अनुसार २०७५ चैतमा सञ्चालित एसईई परीक्षामा कुनै २ विषयमा सी वा सीभन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको हो ।
गत चैत महिनामा सञ्चालित एसईई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा २ विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा २ विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published.