स्वास्थ्य

जन्डिस हुँदा किन बेसार र तेल ‌‌खान दिइदैन ?

काठमाण्डौं, श्रावण १ । आखा वा सरिर मा पहेंलो पन हुनु लाइ ‌जनडिस भनिन्छ। जन्डिस रोग हैन, रोग को लक्षण मात्र हो भनेर जतिसुकै डाक्टरहरुले भने पनि धेरै बिरामी हरु यो कुरा मान्न तयार छैनन्। जन्डिसका बारेमा समाजमा एक किसिमको हौवा फैलिएको छ। जसले गर्दा जानेका बुझेका मान्छे पनि जन्डिस हुँदा मुख बार्न पर्छ भन्दै‌‌ हिँड्छन । जन्डिस हुँदा मुख बार्नु भनेको भिरमा उभिएको ‌मान्छे लाइ धकेलेर खसालेको जस्तै हो।

जन्डिस देखिने धेरै रोगहरु कलेजोको खराबिका कारणले हुन्छन्। कलेजोमा समस्या हुने रोगिलाइ रोगले गर्दा खाना नरुच्ने,उल्टि आउने हुन्छ। कलेजोको रोग लागेमा सरिर कमजोर हुने, जागर ‌नचल्ने हुन्छ। यस्तो बेलामा बिग्रेको कलेजो‌लाइ‌ सुधार्न, बिरामिको सरिरमा उर्जा दिन पर्याप्त मात्रामा पोसिलो खानाको जरुरि हुन्छ। तर, साधारण ज्वरो अनि उल्टि त हो भनेर वास्ता नगर्ने अनि सरिर‌ पहेलो हुदै गएपछि‌ , जाबो जन्डिस लाइ त आफुले नै निको पार्न सक्छु भनेर आफै लाइ धन्वन्तरीको अवतार सम्झिने धेरै छन् हाम्रो समाजमा।

जन्डिस भयेर भर्ना भयेका व्यक्ति लाइ भेट्न आउने हरेक व्यक्ति फलानो चिज खान हुन्न, ढिम्कानो चिज खान हुन्न भनेर जान्छ। यस्ताहरुले भनेको कुरा मान्दै जानेहो भने उमालेर‌ छानेको पानी बाहेक केही खान पाउदैन जन्डिसको रोगीले। पौष्टिक ‌आहार‌ नखायेमा त्यसै त बिग्रेको कलेजो झन बिग्रिदै जान्छ। मुख नमिठो गराउने रोग लागेको बिरामी लाइ झन उसलाई ‌मनपर्ने खाने कुरा दिनु पर्नेमा नानाथरी मुख बार्न लायेर झन रोग बढदै जान्छ। पोषिलो‌आहार‌ खायेमा दुइ हफ्तामा निको‌हुने रोग, मुख बारेको हुनाले ‌निको हुन दुइ तिन महिना लाग्छ।

खाने‌कुरा‌ मा बेसार जस्ता मसला हाल्नु पकायेको चिज लाइ आकर्षक तथा मिठो बनाउनु लागि हो। त्यो बिचरा बेसारको जन्डिस सङ्ग टाढाको सम्बन्ध पनि छैन। बेसार कुनै जिवीत बस्तु हुदो हो त, जन्डिस हुदा नेपालीहरु बेसार खादैनन् भन्ने थाहा पायेर पेट मिचिमिची हास्दो हो। बेसार खायेर आँखा पहेलो हुने भये, साग खाँदा हरीयो र‌ टमाटर खादा रातो हुनुपर्ने, तर यस्तो हुदैन।

तेल र घिउ मा धेरै उर्जा हुन्छ। जन्डिस गराउने‌ एक किसिमको रोग (अल्कोहोलिक हेपाटाइटिस) मा नाकमा लगायेको पाइप को माध्यम बाट तेल र घिउ लाइ बिरामीको पेटमा पुर्याइ उपचार गरिन्छ।चिल्लो खाना‌ले‌ कलेजो‌को‌ विकास मा सहयोग गर्दछ। त्यसैले, कसैलाई ‌जन्डिस भयेको देख्ना साथ मुख बार्न प्रोत्साहन नगरौ। नजानिदो किसिमले तपाईंले उस्को रोगलाइ झन बल्झाउने काम गरेको हुन सक्छ।

Leave a Reply

Your email address will not be published.