बाहुण्डाँगी माघ १८ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरणम शर्माले समाज रुपान्तरणका लागि जेसिजको भूमिका महत्वपूर्ण भएको बताएका छन् । शनिबार लमही जेसिजको लमहीमा पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले युवाहरुको क्षमता अभिवृद्धिले नै देश विकासमा सहयोग पुर्याउने भन्दै सरकारले पनि युवाहरुसंग सहकार्य गरेर समाज रुपान्तरणमा हातेमालो गर्न चाहेको बताए ।

त्यस्तै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले समाज रुपान्तरण गर्न, कु९संस्कारको विरुद्ध युवाहरुले खबरदारी गर्न आवश्यक रहेको बताईन । शनिबार लमही जेसिजको २१औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा जेसिजले युवाहरुलाई कुशल मार्गदर्शन गर्न सफल भएकोमा जोड दिइएको छ । समाज रुपान्तरणको लागि जेसिजले युवालाई गोलबन्द गरेर अघि बढेको, सामाजिक विकासको काममा जेसिजको योग्दान अतुलनीय रहेकोमा वक्ताहरुले जोड दिएका छन् ।
सन् २०२० का अध्यक्ष सपना पाण्डे पण्डितको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रत्नप्रसाद श्रेष्ठ, नेपाल जेसिज सन् २०२० का कार्यकारिणी अध्यक्ष लालमणी भण्डारी, पूर्व अध्यक्ष उमाकान्त चौधरी, त्रिभुवन नगर जेसिजका अध्यक्ष मुकेश्वर शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।?रउश्र
सन् २०२१ को अध्यक्ष चौधरीद्धारा पदभार ग्रहण?
लमही जेसिज सन् २०२१ को अध्यक्षमा दुलमदास चौधरी र उनको कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । सन् २०२० का अध्यक्ष सपना पाण्डे पण्डितले आफ्नो पद सन् २०२१ का अध्यक्ष चौधरीलाई हस्तान्तरण गरेकी हुन् । महासचिव सुन्दर केसी, स्वास्थ्य संयोजक कुशल चौधरी, तालिम संयोजक सहना श्रेष्ठ, शाखा सम्पादक गिरीराज चौधरी, खेलकुद संयोजक सविन केसी, यातायात संयोजक मधु थापा, प्रकरण निर्देशक नारायणी चौधरी, प्रवक्ता भिम भुसाल, जनसम्पर्क अधिकारी केशव दिपक शर्मा, मनोरञ्जन संयोजक सुनिल पुन, कोषाध्यक्ष निर्मला चौधरी, सचिव रामदिन चौधरी, उपाध्यक्ष कविराज पोख्रेल, उपाध्यक्ष आषिश न्यौपाने, उपाध्यक्ष टिका बहादुर केसी, उपाध्यक्ष मनोज केसी, कार्यकारी उपाध्यक्ष मुकेश चौधरी, कार्यकारी उपाध्यक्ष फणाधर शर्मा ढकालले सपथ ग्रहण गरेका थिए । त्यस्तै अध्यक्ष सल्लाहकार हरिबहादुर कुवर, बिनोदकुमार पाण्डे, बसन्तकुमार भण्डारीलाई चयन गरिएको छ ।

