बाहुण्डाँगी, १८ माघ । इन्द्रपुर जेसीज तथा इन्द्रपुर जुनियर जेसीजको संयुक्त रुपमा पदस्थापन एवम् पुरस्कार वितरण समारोह इन्द्रपुर जेसीजको सभाहलमा सम्पन्न भएको छ ।
वर्ष २०२० का अध्यक्ष गणेशप्रसाद भट्टराईले वर्ष २०२१ का अध्यक्ष कृष्णप्रसाद ओझालाई अध्यक्षको पद तथा चेन हस्तान्तरण गरेका थिए । त्यसैगरि इन्द्रपुर जेसीजको प्रोजेक्टको रुपमा स्थापीत इन्द्रपुर जुनियर जेसिजको समेत पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । इन्द्रपुर जुनियर जेसीजका अध्यक्ष टेकराज तिम्सिनाको कार्यकाल सम्पन्न भै बर्ष २०२१ को लागि निर्वाचित अध्यक्ष प्राञ्जल ढकालको टीमलाई पद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा इन्द्रपुर जेसीस वर्ष २००९ का अध्यक्ष रमेश खड्काले स्थापना गरेको डि। रत्न स्मृति अवार्ड सुन्दरहरैंचा नगर भित्र खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलप्रेमी दुर्गाकुमार श्रेष्ठलाई प्रदान गरिएको थियो । इन्द्रपुर जेसीज वर्ष २००५ का अध्यक्ष शिवप्रसाद ढकाल, वर्ष २०११ का अध्यक्ष यज्ञप्रसाद ढकाल तथा वर्ष २०१७ का अध्यक्ष शारदाप्रसाद ढकालले संयुक्त रुपमा स्थापना गरेको कृष्ण विन्दा आउटस्टेण्डिङ जेसीज अवार्ड युजिन आचार्यलाई प्रदान गरिएको छ ।

इन्द्रपुर जेसीजका संस्थापक सदस्य रामकृष्ण खड्काले स्थापना गरेको मातृका खड्का स्मृति छात्रवृत्ति शिक्षा निकेतन मा वि सुन्दरहरैंचा ८ मा कक्षा ३ मा अध्ययनरत योगराज पराजुलीलाई प्रदान गरिएको छ । त्यसैगरी वर्ष २०१२ का अध्यक्ष नारायण कार्कीले स्थापना गरेको नरदेवी अवार्ड रमेश खतिवडालाई प्रदान गरिएको थियो ।

सोही अबसरमा नव निर्मित इन्द्रपुर जेसीज सचिवालय भवनको उद्घाटन समेत गरिएको छ। इन्द्रपुर जेसीजको पदस्थापन तथा पुरस्कार वितरण समारोह नगर प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।


