संघ \संस्था

शुक्लागण्डकी जेसीजद्धारा शाखा पदाधिकारी तालिम सम्पन्न

बाहुण्डाँगी । शुक्लागण्डकी जेसीजद्धारा शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ ।
नारायणघाट लेडि जेसीजका पुर्ब अध्यक्ष, नेपाल जेसीजका पुर्व उपाध्यक्ष एबम पुर्ब राष्ट्रिय कानुनीसल्लाहकार जेसीआई सिनेटर मनशा थैबाले सहभागिलाई प्रशिश्रण गराउनु भएको थियो ।
शाखाका २०२१ का अध्यक्ष कृष्ण बाहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न तालिममा संचालक समितिमा रहेर कार्य गर्ने तौर तरिका, संयोजकहरुको भुमिका, शाखा, नेपाल जेसीज एवं जेसीआईका बारेमाप्रशिश्रण गराउनु भएको थियो । उहाँले बदलिँदो समयमा जेसीज सदस्यहरुको बढ्दो जिम्मेवारी लगायतका बारेमा स्पष्ट पार्नु भएको थियो । साथै वर्ष २०२१ का निम्ती सदस्यहरु एंव समुदायलाई आवश्यक कार्यक्रमहरुको अध्ययन,छलफल एंव कार्य योजना तर्जुमा गरिएको थियो । कार्यक्रमको संयोजन शुक्लागण्डकी जेसिज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष सन्तोष श्रेष्ठ र संचालन माहासचिब अनिस कु ढकालले गर्नु भएको थियो कार्यक्रममा पुर्व शाखा अध्यक्ष एंव पुर्व राष्ट्रिय उपाध्यक्ष पुर्व राष्ट्रिय कोषाध्यक्ष सुजन श्रेष्ठ , पुर्व शाखा अध्यक्ष बिनोद राउतलगायतको उपस्थिति रहेको थियो ।