झापा, श्रावण ३ । मेची भन्सार कार्यालयले गत अघिल्लो वर्ष २०७४–७५ को तुलनामा राजश्व तीन दशमलव ६९ प्रतिशतले बढी सङ्कलन गरेको जनाएको छ । अघिल्लो आव २०७४–७५ मा नौ अर्ब ७४ करोड तीन लाख ६१ हजार असुली गरेको थियो । गत आव २०७५–७६ मा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार राजश्व असुली गर्न भन्सार सफल भएको मेची भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए।
मेची भन्सार कार्यालय झापाले गत आवका लागि ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व सङ्कलन हुने लक्ष्य राखेको थियो । उक्त आवमा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार मात्र राजश्व असुली गर्न भन्सार सफल भएको अधिकृत अर्यालले बताए। यो रकम लक्ष्यको तुलनामा १५ प्रतिशत कम हो ।

