विविध संघ \संस्था

आन्तरिक मामिला तथा कानूनमन्त्रीद्वारा ७७ लाखको ट्राफिक सामग्री प्रदान

काठमाण्डौं, श्रावण १३ । प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि रु ७७ लाख नौ हजार बराबरको सामग्री प्रदेश प्रहरीलाई हस्तान्तरण गरेका छन् । मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार मन्त्री कार्कीले एक नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त Read More…

शिक्षा

कक्षा १२ को नतिजा प्रकाशित : यसरी हेर्नुहोस् नतिजा !

काठमाण्डौं, श्रावण १३ । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा भर्खरै प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरले भर्खरै पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशित गरेको हो । नतिजा प्रकाशनका लागि साँझ ५ बजेदेखि बोर्ड बैठक बसेको थियो । बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको हो । गत बर्षबाटै Read More…

विविध स्वास्थ्य

धुलाबारीमा बजारमा सार्वजनिक शौचालय

झापा, श्रावण १३ । झापाको धुलाबारी बजारमा सार्वजनिक शौचालय बनेको छ । नेपाली ‘हङकङ मार्केट’ भनेर परिचित झापाको धुलाबारी बजारमा स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ । बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएर किनमेल गर्न आउने स्थानिय स्वदेशी तथा विदेशी ग्राहक र व्यपारीहरुले समस्या भोगी रहेका थिए । त्यसैले धुलाबारी बजारका व्यापारीले विगत Read More…

समाचार

झापामा करेन्ट लागेर युवकको मृत्यु

झापा, श्रावण १३ । पानी तान्ने मोटरबाट करेन्ट लागेर एक युवक मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–२, सेल्फीडाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोमबार बिहान सोही गाउँका टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्न जाँदा खेतमा जमेको पानीलाई मोटर लगाएर तान्ने क्रममा विद्युतको Read More…

समाचार

पोखरीमा डुबेर दाजुबहिनीसहित ३ बालबालिकाको मृत्यु

लहान, श्रावण १३ । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै दाजुबहिनी घरबाट खेल्न गएकोमा आइतबार बेलुकासम्म घर नफर्किदा अभिभावकले खोज्ने Read More…

स्वास्थ्य

युरिक एसिडबाट बच्न के गर्ने ?

काठमाण्डौं, श्रावण १३ । शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/रडेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ । राति सुत्ने Read More…

शिक्षा

कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

काठमाण्डौं, श्रावण १३ । सोमबार (आज) साँझसम्म कक्षा १२ को नतिजा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार माध्यामिक शिक्षा उर्तिण कक्षा १२ को नतिजा आज साँझ पाँच बजेसम्म प्रकाशन गर्ने भएको हो ।नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाइएको र सबै विषयको नतिजा प्रकाशन गर्ने बोर्डले जनाएको छ । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता Read More…