विविध स्वास्थ्य

धुलाबारीमा बजारमा सार्वजनिक शौचालय

झापा, श्रावण १३ । झापाको धुलाबारी बजारमा सार्वजनिक शौचालय बनेको छ । नेपाली ‘हङकङ मार्केट’ भनेर परिचित झापाको धुलाबारी बजारमा स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ ।
बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएर किनमेल गर्न आउने स्थानिय स्वदेशी तथा विदेशी ग्राहक र व्यपारीहरुले समस्या भोगी रहेका थिए । त्यसैले धुलाबारी बजारका व्यापारीले विगत देखि नै सार्वजनिक शौचालयको माग गर्दै आएका थिए । तर अहिले सार्वजनिक शौचालय निर्माण भए संगै सो समस्या समाधान हुने व्यापारीहरु बताँउछन् ।
मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको साथै कमोडको बेग्लै कोठा छ ।
शौचालयको निर्माणमा नगरपालिकाले रु पाँच लाख र मेची उद्योग वाणिज्य सङ्घले रु चार लाख लगानी गरेको निर्माण समितिका अध्यक्ष ललित बोहोराले बताए ।

Leave a Reply

Your email address will not be published.