ताप्लेजुङ, भदौ ६ । चौथो पाथीभरा गोल्डकपको उपाधि सुनसरीको एलेभेन एरोज क्लबले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेल साविक विजेता रेडस्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एलेभेन एरोज क्लब बिजयी भएको हो ।
अन्तिम एक मिनेट सम्हालिन नसक्दा रेडस्टारले उपाधि रक्षा गर्न बाट चुक्यो । निर्धारित ९० मिनेटमा दुई पटक अग्रता लिए पनि रेडस्टारले समालीन नसक्दा एलेभेन एरोज क्लबलाई बिजेता ट्रफि सुम्पीन बाध्य भयो । निर्धारित समयमा दुवै टिमले समान २–२ गोल गरेपछि उपाधिको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
खेलको निर्धारीत समय दुबै टिमले बराबरी खेलेका थिए । जसमा रेडस्टारका मिलन राई र योगेश गुरुङले १÷१ गोल गरेका थिए भने एलेभेन एरोज क्लबको तर्फ बाट यानिक ओवाना र सुशान्त तामाङले १÷१ गोल गरेका थिए ।
उपाधिको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ४–२ गोलअन्तरमा एलेभेन एरोज गोल्डकप च्याम्पियन बन्यो । एलेभेन एरोजको तर्फबाट रुपेश केसी, जीवन धामी, विश्व एप्स र उमेश कार्कीले गोल गर्दै उपाधि चुमेको हो ।
रेडस्टारको तर्फ बाट पुजन उपरकोटी र निशान्त लिम्बूले गोल गरेका थिए ।
गोल्डकप च्याम्पियन एलेभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैयाँ र ट्रफी पाउँदा उपविजेता रेडस्टार फुटबल क्लबले एक लाख ५१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।

