समाचार

ट्याक्टरले किचेर मजदुरको मृत्यु

झापा, बैशाख १८ । बिर्तामोडमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका -४ स्थित पारिजात टोलमा शनिबार दिउँसो मे १ त ७००५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ट्रयाक्टरमा मजदुरको रुपमा काम गर्ने बर्ष २० को बाबू भनिने सन्दिप अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालुवा झार्ने क्रममा ट्रयाक्टर पछाडि सार्दा चक्का खाल्डोमा परि दुर्घटना हुँदा सख्त घाइते भएका अधिकारीको उपचारको क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर चालक बिर्तामोड ३ बस्ने बर्ष २० का अनिल खड्का र ट्रयाक्टर इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।