संघ \संस्था

रविलाई भेट्न हिरासत पुगे आइजीपी खनाल

काठमाण्डौं, भाद्र ६ । सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का चर्चित सञ्चारकर्मी रवि लामिछाने हिरासतमा छन् । लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार शालिकराम पुडासैनीको जीवनत्यागमा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन् ।
पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा लाश भेटिएको थियो । यस घटनामा एकजना नर्स अस्मिता कार्की पनि प्रहरी हिरासतमा छिन् । चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरी प्रमुख (आइजीपी) सवेन्द्र खनालले भेट गरेका छन् ।
प्रहरीको हिरासत अनुगमनका क्रममा चितवन पुगेका खनालले रविलाई भेटेका हुन। भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महसुस नगर्न आग्रह गरेका छन् । साथै खनालले असुरक्षित भएको महसुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका छन् । साथै भेटको क्रममा खनालले अनुसन्धानमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published.