समाचार

इलाममा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, दुई घाइते

नरेन इलामेली
इलाम, भाद्र ७ ।
इलामको इलाम नगरपालीका ९ गोलाखर्कमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका–९ का कृष्ण बहादुर लम्जेल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
माइखोलाबाट बालुवा बोकेर आउँदै गरेको मे १ त २२४५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो ३ बजे तिर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ट्याक्टरमा सवार रहेका २५ वर्षकी शान्ता बसेल र आठ वर्षका विजय बसेल घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ भने शव पोष्टमार्टको लागि इलाम अस्पलातमा ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.