संघ \संस्था स्वास्थ्य

खानेपानी गुणस्तर सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

झापा, भाद्र ७ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको गुणस्तर सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पानी सुरक्षा समितिको आयोजनामा खानेपानीको सभाहलमा शनिबार सम्पन्न १ दिने अभिमुखीकरण कार्यक्रममा उपभोक्त, कर्मचारीलगायतले सहभागी जनाएका थिए ।
ज्येष्ठनागरिक एवम जग्गादाता कृष्णप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले खानेपानीको गुणस्तर सुधारको लागि सवै सँग सहकार्य गरेर अघि बढ्न समितिलाई सुझाव दिए। उनले स्वास्थ्य जीवनको लागि सुद्धपानी आवश्यक पर्ने भएको ले प्रशिक्षामा सिकेका कुरा लाई ब्यवहारमा लागु गर्नु पर्ने बताए ।
पानी सुरक्षा समितिका संयोजक राजकुमार पराजुली को सभापतित्व रहेको कार्यक्रममा सल्लाकार समिति संयोजक सुर्यप्रकाश उप्रेती , लेखा सदस्य नारायण बहादुर बस्नेत , सदस्हरु सुशिल आचार्य , देवकुमार राई , साहारा नेपालका प्रतिनिधि दिपेश ओली , क्षेत्रगत समिति सदस्य डम्वर बहादुर पुरी , वातावरण समिति सदस्य पारस सुवेदी लगायतले बोलेका थिए । कार्यक्रममा सहभागिहरु लाई पानी प्रशिक्षण प्रयोगशाला इटहरीका ल्याप प्रमुख रमेश कुमार यादवले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन केशव पोख्रेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.