काठमाण्डौं, भाद्र २४ । चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई थुनामा नै राखेर अनुसन्धान गर्न माग गर्दै रिट दायर गरिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा केही समय अगाडीमात्र धरौटीमा रिहा भएका लामिछानेलाई थुनामा नै राखेर अनुसन्धान गर्न माग गर्दै नेपाल सरकारको तर्फबाट उच्च अदालत पाट हेटौँडामा निवेदन परेको हो । लामिछानेसंगै युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनको फैसलालाई बदर गर्दै थुनामा नै राखेर अनुसन्धान गर्न माग गरिएको हो ।
सो रिटमा लामिछाने , कँडेल र कार्कीलाई बिपक्षी बनाई लामिछाने र कँडेललाई धरौटी र कार्कीलाई साधारण तारेखमा रिहा गर्ने अदालतको फैसलालाई पनि खारेज गर्न माग गरिएको छ । उक्त रिटको सुनुवाई मंगलबार (आज) हुने भएको छ । रवि र युवराजले यसअघि नै उच्च अदालत पाटन हेटौडा इजलासमा चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेख रिहा गरि पाउँ भनी निवेदन दिएका छन् ।

