संघ \संस्था स्वास्थ्य

वातावरण संरक्षण संस्थाले गर्‍यो कृषकसंग आर्गनिक उत्पादन सम्बन्धी अन्तरक्रिया

झापा, असोज ४ । वातावरण संरक्षण तथा आर्गनिक कृषि विकास संस्था नेपालले कृषकसंग आर्गनिक उत्पादन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर–८ स्थित आदर्श मावि परिसरमा शनिवार प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यताम कृषकहरुसँग आर्गनिक उत्पादन सम्बन्धि अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद मैनाली, मेचीनगर वडा नम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन पोखरेल, संस्थाका सल्लाहकार लालबहादुर थामीले बोलेका थिए ।

कृषकका तर्फबाट दीपक सिटौला, गंगा श्रेष्ठलगायतले बोलेका थिए । साथै सहभागी कृषकहरुले पनि आ–आफ्ना जिज्ञासा राखेका थिए ।

संस्थाका कार्यवाहक अध्यक्ष विष्णु भट्टराईको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको स्वागत तथा औचित्य बारे प्रकाश महासचिव कुन्दन निरौला र सञ्चालन सचिव प्रकाश ढुंगानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.