झापा, असोज २० । गरीब र असायहरुले पनि चाडबाड हर्षोउल्लासका साथ मनाउदै मीठो मसिनो पकाएर खानसकुन भन्दै युवाहरुले बडादशैंको अवसर पारेर सहयोग प्रदान गरेका छन् । मेचीनगर–८ स्थित प्रतिभा टोलका धनबहादुरलाई उक्त सहयोग गरेको हो ।

बिगत एक दशक देखि बस दुर्घटनामा परी असाहय (अपाङ्ग) भई थला परेका धनबहादुरलाई मेचीनगर–८ का सामाजिक अगुवा युवाहरुले करिब १५ हजार बराबर नगद तथा खाद्यन्य सामाग्री सहयोग गरेका हुन् ।
समाजसेवी बालकुष्ण ढुङ्गानाको नेतृत्वमा पुष्पराज पौड्याल, राजु राई, सुर्य अधिकारीलगायतको टिमले धिमाललाई उक्त सामाग्री तथा नगद घरमा नै गएर हस्तान्तरण गरेका हुन् ।

