समाचार

गोरुले हान्दा वृद्धाको मृत्यु

कञ्चनपुर, असोज २७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गोरुको सिंगले हान्दा बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरी रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हान्दा वृद्धा गम्भीर घाइते भएकी थिइन् । तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताए ।

Leave a Reply

Your email address will not be published.