समाचार

नेपाली चेली दाइजोका कारण भारतमा मारिइन्

विराटनगर, असोज २७ । विराटनगर महानगरपालिका–११ कि २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतमा हत्या भएको छ ।

उनको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको हो । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारी अनुसार विराटनगर–११ माइती भएकी रन्जनाको शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ ।

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ । सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ । भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ ।

सासू र जेठानी भने फरार रहेकोमा उनीहरुको खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ । कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.